मुस्लिमलाई पुनः मधेशीमा राख्न मधेशी आयोगलाई मुस्लिम आयोगको आग्रह

समाचार

काठमाडौं, १९ माघ । मुस्लिम आयोगले मधेशी आयोगलाई मुस्लिमलाई पुनः मधेशीकै रुपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।

मुस्लिम आयोगले मधेशी आयोगलाई एक पत्र पठाउँदै मधेशी आयोगले मुस्लिमलाई मधेशीको सूचीबाट हटाएपछि मुस्लिमहरुले मधेशीको सिफारिस पाउन अवरोध देखिएको हुनाले सो अवरोधलाई हटाइदिन अनुरोध गरेको हो ।

मधेशी आयोगद्वारा प्रकाशित “मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८“ मा १४९ जातसहित थारु र मुस्लिमलाई पनि मधेशीको रुपमा सुचिकृत गरिएको थियो ।

प्रतिवेदन राष्ट्रपति समक्ष पेश भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीह सहित सो समुदायका विभिन्न संघ–संगठनहरुले मधेशी आयोगको सो निर्णयप्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको थियो ।

मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोकसेवा लगयात विभिन्न निकायहरुमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ ।

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार मधेशी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडि बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरुबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सुचीबाट हटाइएको थियो ।

Download Attachment

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ