ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

मोरङ, २० माघ । विराटनगर महानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका–५ का ३० वर्षीय घनश्याम लाखे र ईलाम माङ्सेबुङ गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज अधिकारी रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ