स्रोत नखुलेको २० लाख रुपैयाँसहित युवक पक्राउ

समाचार

पर्सा, २० माघ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका–४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बिहीबार बिहान चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ