भरूवा बन्दुकसहित एक जना पक्राउ

समाचार

कैलाली, २० माघ । चुरे गाउँपालिका–४ बस्ने ४८ वर्षीय जब्बर रोक्का मगरलाई भरूवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा बिहीबार दिउँसो ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले मगरको घर नजिकैको रूखको टोढ्कामा लुकाई छिपाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ