आफ्नै बुबाको हत्या गरेको अभियोगमा युवक पक्राउ

समाचार

रौतहट, २० माघ । आफ्नै बुबा ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निर कुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ