कपिलवस्तु, २० माघ । शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सुरु भएको छ ।
माघ १८ गते देखि २९ गतेसम्म चल्ने खेल महोत्सवमा राष्ट्रपति रनिङ सिल्ड , मेयर कप र उपमेयर कप प्रतियोगीतामा विभिन्न विदाका खेलहरु समावेश गरि खेलको उद्घाटन समारोह सुरु भएको हो ।
प्रतियोगितामा करिब १६ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले बताएका छन् ।
राष्ट्रपति रनिङ सिल्ड तर्फ दौड, हाईजम्प, लङजम्प, मेयर कप तर्फ पुरुष फुटवल, भलिवल, क्रिकेट र व्याडमीन तथा उपमेयरकपतर्फ महिला फुटवल, भलिवल, क्रिकेट र करांते प्रतियोगीता समाविेश गरिएको अध्यक्ष चौधरीको भनाई रहेको छ ।
शिवराज नगरपालिकाले यस वर्षबाट उत्कृष्ट खेलाडीको पहिचान गरी क्षेत्रीय तथा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता सुनिश्चित गर्ने नगरप्रमुख अजय थापाले विश्वास व्यतm गरे ।
प्रतियोगीता अन्तरगर्त मेयर कप तर्फ ८ लाख, उपमेयर तर्फ ७ लाख, राष्ट्रपति रनिङ सिल्ड तर्फ ५ लाख र सशर्त अनुदानवाट प्राप्त भएको १ लाख गरी करिव २१ लाखको लगानीमा भैइरहेको प्रतियोगीतामा मेयर कपको विजेताले नगद ३० हजार मेडल शिल्ड र प्रमाणपत्र पाउने छ ।
तपाईको प्रतिक्रिया