फुलतारा डेरीलाई कारबाही गर्न माग

समाचार

रौतहट, २० माघ । रौतहट जिल्लाको सदरमुकाम गौरमा सञ्चालन रहेको फुलतारा डेरी उद्योगको संचालक माथि कानूनी कार्यवाहीको मांग गर्दै विश्व हिन्दू परिषद् नेपाल जिल्ला कार्य समिति रौतहटले बुधवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

दूधमा अखाद्य बस्तु मिसाएर विक्री वितरण गर्ने डेरी उद्योगको संचालक माथि कार्यवाही गर्न परिषद्ले ज्ञापन पत्र बुझाएको हो । जिल्ला अध्यक्ष रामा शंकर यादवको नेतृत्वमा गएको टोलीले निमित प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईलाइ ज्ञापन पत्र बुझाएको छ ।

दूध, घ्यू, मिठाई लगायतका खाद्य सामग्रीमा पशुको बोसो र केमिकल मिसाएर विक्री वितरण गरिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मंगलवार छापामारी गरी १० क्यून्टल भण्डारण गरेको अवस्थामा केमिकल बरामद गरेको थियो ।

डेरी संचालकले भैसीको बोसो प्रयोग गरेर हिन्दू धर्म माथि प्रहार गर्न खोजेकोले सूक्षम रुपमा अनुसन्धान गरी कड़ा कÞानूनी कार्यवाही गर्नु पर्ने मांग गरेका छन् । कार्यवाही नगरिए कड़ा रुपमा आन्दोलन गर्ने समेत ज्ञापन पत्र मार्फत चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ