मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार

समाचार

जनकपुरधाम, २० माघ । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुरिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन् ।

सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ