कसमस कलेजमा लोविसंघको कमिटी पुनर्गठन

समाचार

काठमाडौं, २१ माघ । कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीमा लोकतान्त्रिक विद्यार्थी संघको मूल इकाई कमिटी पुनर्गठन भएको छ ।

लोविसंघ कसमस कलेज मूल इकाई कमिटीका अध्यक्ष अमोध कुमार सिन्हाको नेतृत्वमा १६ सदस्यीय पदाधिकारीसहित ५४ सदस्यीय इकाई कमिटी गठन गरिएको हो ।

पुनर्गठित कमिटीका उपाध्यक्षहरु निरज बडीयैत, विकास मण्डल, आनन्द कुमार सिंह, रविन्द्र कुमार यादव, भरत कुमार यादव, मो.नइम अलि र जितेन्द्र यादव, सचिव सरद साह, सहसचिवहरु, रामसुफल महतो, सन्तोष कुमार साह (बबी), सुमित कुमार झा, ओमप्रकाश साह, धीरेन्द्र मण्डल, सुमन मण्डल र निशा कुमारी राय, कोषाध्यक्ष नेता यादव र कोषाध्यक्ष सची ठाकुर रहेका छन् ।

लोविसंघका उपत्यका अध्यक्ष सुमन कुमार यादवको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रमको प्रमुख अथिति पूर्वविद्यार्थी नेता एवं लोसपाका नेता मनिष मिश्र रहेका थिए ।

यसैगरी, पुनर्गठन कार्यक्रमका विशिष्ठ अथिती लोविसंघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्र रहेका थिए ।

साथै सो कार्यक्रममा लोविसंघका नेताहरु सम्मर साह, आनन्द मिश्र, सिद्धार्थ यादव, विशाल मिश्र लगायत विभिन्न विद्यार्थी संगठनका एकाइ कमिटीका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ