कमलराज पौडेल देवकमल
बर्दिया, २१ माघ । बर्दियाको बाँसगढीमा भइरहेको पाँचौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा आएका संघीय सरकारका खानेपानी मन्त्री अब्दुल खानले एडिबल इण्डस्ट्रिज प्रा.लिको अनुगमन गरेका छन् ।
बाँसगढीमा रहेको सो कम्पनीको अनुगमन गर्दै मन्त्री खानले भने, ‘मिनिरल वाटर उत्पादन हुने कुरा सुनेर आफु फर्कदा कम्पनीमा पसेको र मिनिरल वाटर नेपालको थोरै ठाउँमा उत्पादन भइरहेको र ड्रिंकिङ्ग वाटर भने धेरै ठाउँमा उत्पादन हुन्छ । दुई वटा पानीमा के अन्तर हुन्छ भनेर मुल्य देखि लिएर शुद्धता कम्पनीमा हेर्न आएको थिए । यहाँ उत्पादन हुने पानीमा शुद्धता छ सरसफाई छ, ठिकै छ तर पानीको मुल्यमा भने म सन्तोष भएन । यहाँहरुले उत्पादन गर्ने प्रविधि, विधि छ, पक्रिया छ धेरै राम्रो यहाँहरुलाई शुभकामना दिन चाहान्छु ।’
‘आगामी दिनमा हामीले सरकार बाटै मिनिरल वाटर उत्पादन गरी विदेश सम्म पु¥याउने जुन सोच रहेको छ, त्यो हिसाबले पनि यस कम्पनीबाट केही सिक्ने अवसर पाएको’, बताउँदै पानी उत्पादनमा युवाहरुलाई संलग्नता गरेर रोजगारी कसरी सिर्जना गर्न सकिन्छ र ग्रामिण स्तर सम्म शुद्धपानी कसरी पु¥याउनु सकिन्छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण भएको जानकारी समेत गराए ।
उक्त इण्डस्ट्रिज प्रालिका सञ्चालक भिमसिंह खत्रीले खानेपानी मन्त्री खान अफ्नो कम्पनीमा आएर अनुगमन गरेकोमा आफुलाई काम गर्न उत्साह जागेको बताएका छन् ।
उनले आफ्नो कम्पनीमा दुई प्रकारको पानी ड्रिंकिङ्ग वाटर र मिनिरल वाटर उत्पादन हुने जानकारी गराए । उनी भन्छन्, नेपालको ब्राण्डलाई हामीले बनाउन सक्यौं भने खानेपानी मन्त्री ज्यूले सोचेजस्तै हामीले नेपालमा उत्पादन गरेको शुद्धपानी विदेशका विभिन्न मुलकमा बचेर देशलाई समृद्धि बनाउनुका साथै बेरोजगार युवाहरुलाई रोजगारी समेत दिन सक्नेछौं ।
उनले २०७९ सालमा ३ करोड ५० लाखले सञ्चालन गरेको कम्पनीमा २७ जना युवाहरुलाई रोजगार दिएको र दैनिक २० हजार लिटर पानी उत्पादन गर्ने गरेको जानकारी गराएका छन् ।
उनका अनुसार आगामी दिनहरुमा दैनिक ४० हजार लिटर पानी उत्पादन गर्ने र अरु बेरोजगारलाई रोजगार समेत दिने लक्ष्य रहेको छ ।
तपाईको प्रतिक्रिया