‘खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो’

समाचार

धनगढी, २१ माघ । राष्ट्रिय एकता अभियान कैलालीले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।

धनगढीमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले कार्यपत्र प्रस्तुत गर्दै दुई देशबीच एकअर्कासँग गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध हुनाले विकास क्षेत्रमा पनि नेपाल–भारत सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘छिमेकी देशहरूसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास गर्ने र प्रवर्द्धन गर्ने नेपालको गम्भीर चाहना आफ्नो भूभाग भारत विरोधी तत्वहरूलाई दुरुपयोग हुन नदिने लामो समयदेखिको अडानबाट झल्कन्छ र उहाँबाट पनि यस्तै पारस्परिक सहयोग र आश्वासनको अपेक्षा गर्दछ। दुई देशबीचको खुला सिमाना हाम्रो सम्बन्धको विशिष्ट विशेषता हो। प्रतिबन्ध बिनाको सिमानाले एकअर्काको क्षेत्रमा हाम्रा जनताको स्वतन्त्र आवतजावतलाई धेरै सहज बनाएको छ ।’

त्यस्तै, कार्यक्रमको अध्यक्षता गरेका नेपाली सांस्कृतिक परिषद्का महासचिव हर्क स्वाँरले नेपाल–भारतको संस्कृति मिल्दोजुल्दो रहेको बताए ।

उनले भने, ‘विकास क्षेत्रमा नेपाल–भारत सहकार्य अतिआवश्यक छ, यसले दुवै देशलाई सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक हिसाबले मुजबुत बनाउँछ ।’

त्यस्तै कार्यक्रममा सहभागी ल्यान्स कलबका अध्यक्ष सीबी चन्द, नेपाल पत्रकार महासंघका सदस्य प्रेम चौधरी र वरिष्ठ पत्रकार कर्ण शाहले नेपाल–भारत मित्रतालाई जोड दिँदै दुवै देशका सरकार मिलेर अघि बढ्नु पर्ने बताएका थिए ।

कार्यक्रमका सञ्चालन शिव थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ