अहमदिया संघद्वारा आयोजित शिविरमा १३७२ जनाको आँखा परीक्षण

समाचार

वीरगन्ज, २२ माघ । ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने मूल नाराका साथ अहमदिया संघ नेपालले शनिबार विन्दवासिनी गाउँपालिका वडा नं ५ को प्रसौनी भाठ्ठामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

आर एम केडिया आँखा आस्पतालको प्राविधिक सहयोगमा आयोजित शिबिरमा १३७२ जानको आँखा परीक्षण गरिएकोमा २५० जनामा मोतियाबिन्दु पाइएको छ ।

मोतियाबिन्दु भएकाहरुलाई आर एम केडिया आँखा आस्पतालले निशुल्क रुपमा सल्यक्रिया गर्ने आयोजक संस्था जनाएको छ ।

अहमदिया संघ नेपालका अध्यक्ष कमरुलहोदा अंसारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगञ्जका काउन्सलर शशि भुषण कुमार, विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका प्रमुख प्रमोद तिवारी, उपप्रमुख ज्योति चौरसिया, अतिथिहरुमा वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर लगायतको विशेष उपस्थिति रहेको अहमदिया संघ नेपालका इन्चार्ज हासिम अहमदले जनकारी दिए ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ