जनकपुरधाम, २२ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को मधेश प्रदेशमा २१ सदस्यीय समिति गठन भएको छ ।
महोत्तरीको बर्दिबासमा शनिबार आयोजित प्रदेश स्तरीय विशेष भेलाले अध्यक्षमा दुष्यन्त चौधरी र महासचिवमा बृजमान तामाङ चयन गरेको हो ।
फोनिज मधेश प्रदेशका अध्यक्ष प्रमेश बादेको अध्यक्षता तथा संघीय अध्यक्ष गजुर्धन राईको प्रमुख आतिथ्यमा आयोजित भेलाले चौधरीको नेतृत्वमा २१ सदस्यीय मधेश प्रदेश समिति गठन गरेको छ ।
यसैगरी, उपाध्यक्षमा अनिता चौधरी, प्रिया सिंह थारु, महासचिवमा बृजमान तामाङ, सचिवमा रेणु चौधरी र कोषाध्यक्षमा ज्योति तामाङ सर्वसम्मत चयन भएका हुन् ।
समितिको सदस्यहरूमा जितेन्द्र प्रसाद चौधरी (सप्तरी), शम्भु चौधरी (सिराहा), नवीन चौधरी (बारा), शम्भु चौधरी (पर्सा), बुधन चौधरी (बारा), उदय पाख्रिन (सर्लाही), मनोज थापा (महोत्तरी) लगायत चयन भएका छन् ।
भेलामा वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष कमान देवान, महासचिव मिलन लिम्बु र प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर प्रदेश, प्रतिनिधिहरू, विभिन्न जिल्लाका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया