काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर एवं अर्थ मन्त्रालयका प्रथम सचिव हिमालय शम्सेर राणाको निधन भएको छ ।
९५ वर्षको उमेरमा आइतबार बिहान काठमाडौँको थापाथलीस्थित निवासमा उनको निधन भएको हो ।
स्वर्गीय राणा केही समययता काठमाडौँस्थित नर्भिक अस्पतालमा मृगौला सम्बन्धी समस्याको उपचाररत थिए ।
स्वर्गीय राणाका दुई सुपुत्र अमर र अशोक हुन् ।
स्वर्गीय राणाले निजी स्तरबाट हिमालय बैङ्क स्थापना गरेका हुन् भने उनी विभिन्न उद्योग व्यवसायमा संलग्न थिए ।
तपाईको प्रतिक्रिया