विभिन्न हातहतियारसहित मिटरब्याजी पक्राउ

समाचार

धनुषा, २२ माघ । मिटरब्याजी जनकपुर उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साहलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थानसहित शनिबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मिटर ब्याज सम्बन्धी उजूरी परेपछि थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गरेको थियो ।

तलासी गर्दा उक्त हतियार र पीडितको नाममा जग्गा रोका रहेको फारम ५ थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक १ थान समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ