प्राचीन कपिलवस्तु महोत्सव सूरु

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २ चैत । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार धार्मिक स्थलको प्रवद्र्धन पर्यटन, कृषि, उद्योग र व्यापार भन्ने नाराका साथ तौहिलवामा मेलाको उद्घाटन गरिएको छ ।

मेलाको लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै पाण्डेयले पुरातत्व र ऐतिहासिक महत्व बोकेको कपिलवस्तुको विकास र पुरातात्विक सम्पदाको सरक्षणमा सबै लाग्नु पर्ने बताए ।

त्यसको लागि आफुले प्रदेश बाट सहयोग र समन्वय गर्ने बताए । सो अवसरमा पुर्व मन्त्री दान बहादुर चौधरीले स्थानीय परम्परा र सास्कृतिको सम्पदा गर्न मेललो प्रचार प्रसार गरि सहयोग पुग्ने र मेललाई व्यस्थित रुपमा लैजानुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य मधुसुधनशरण चौधरी , जिल्ला समन्यव समितिका संयोजक बाबुराम आर्चाय, कपिवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, शुद्धोधन गाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल , प्रहरी नायव उपरिक्षक मिन घले ,नेपाली कागे्रसका राम आशिष पाण्डेय, एमालेका आजाद दर्जी, जसपाका अब्दुल रसिद, लोसपका कालिपद शर्मा, उद्योग वाणिज्य संघका केन्द्रिय सदय जमशेर अलि मिया, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे,चन्दौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेय , गैसस महासंघका अध्यक्ष प्रविण श्रीवास्तव , पत्रकार महांसघका अध्यक्ष किरणमान बर्जाचार्य , प्रथम महोत्सवका संयोजक शुरेश शर्मा लगायतले मेलाको सफलताको शुभकामना दिएका थिए ।

यही चैत १ गते देखी १२ गते सम्म सातौ प्राचिन कपिलवस्तु महोत्सव संचालनमा आएको छ । तौलिहवा उद्योग वाणिज्य संघको आयोजनामा तौलिहवा स्थित बुद्ध पद्यम माविको खेल मैदानमा महोत्सव संचालनमा रहेको छ ।

महोत्सवमा विभिन्न कला नृत्य तथा धार्मिक र सास्कृतिक प्रस्तुती रहने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समितिका संयोजक गयादिन कुर्मीले बताए ।

मेलामा बुद्ध सम्बधी विषयबस्तुका गोष्ठी तथा अनर््तरक्रिया र प्रतियोगिता, सास्कृतिक कला तथा झाकि प्रर्दशन, कृषि पर्दशनी, वाल उद्यान, झुला लगायतको आर्कषण हुने छ ।

महोत्सव साझमा ंसचालन हुने हुदा फुर्सदको समयको सदुपयोगको लागि दर्शकहरुलाई सहज हुने छ । स्थानीय तथा राष्ट्यि स्तरका कलाकारहरुको प्रस्तुतीसमेत दैनिक रुपमा हुने बताइएको छ ।

कोरोनाको कहर पछि रोकिएको महोत्सव यस वर्षवाट सूरु भएपछि मेलाको अवलोकन नेपाल तथा भारतका दर्शकहरुले गर्ने बताइएको छ । मेलामा १ य बढि स्टलहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ