३१ केजी गाँजासहित युवक पक्राउ

समाचार

सुनसरी, ७ चैत । धरान उपमहानगरपालिका–२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका–९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी धरान उपमहानगरपालिका–११ बस्ने ४७ वर्षीया विष्णु माया राईको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा ३१ केजी फेला पारी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ