ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

समाचार

कैलाली, ७ चैत । जोशीपुर गाउँपालिका–७ हजारीबारास्थित सडकमा से.१ त ८८७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार भजनी नगरपालिका–९ बस्ने १५ वर्षीया चाहाना चौधरी र ४६ वर्षीया दिल रानी चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये १३ जनाको बर्दगोरीया अस्पताल र १९ जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ