कमल राज पौडेल देबकमल, बर्दिया, ८ चैत । जिल्ला दुग्ध उत्पादक सहकारी संघले एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको रोहबरमा निजि डेरी व्यवसायी संघ र नेपाली उपभोक्ता संरक्षण महासंघका साथै सरोकारवाला निकायहरुको सहभागितामा बैठक बसेर दुध तथा दुधजन्य पदार्थको मूल्य समायोजन गरेको छ ।
होल दुध प्रति लिटर रु.९०, स्टाण्डर दुध प्रति लिटर रु. ८५, कायम गर्नुका साथै दही प्रति लिटर रु. १ सय २०, पनिर प्रति केजी रु. ७ सय ७५ र घ्यू प्रति केजी रु. १ हजार ३ सय बिक्री मूल्य कायम गर्नुका साथै खुवा, कुराउनी, नौनी, क्रिम, मही र आईसक्रिमको समेत मूल्यमा समायोजन गरी जिल्ला दुध उत्पादक सहकारी संघले निर्धारण गरेको मूल्य अनुसार दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण गर्न दुध डेरीहरुलाई नयाँ मूल्य सूचिसहित पत्राचार गरी जानकारी गराएको कुरा जिल्ला दुध उत्पादक सहकारी संघ बर्दियाका अध्यक्ष्य पवन कुमार यादवले बताए ।
जिल्ला भित्र १५ हजार पशुपालक कृषकहरु रहनुका साथै दैनिक ४० हजार लिटरभन्दा अधिक दुध उत्पादन हुने गर्छ र उत्पादन भएको दुधलाई जिल्ला भित्रका ३० वटा दुध उत्पादक सहकारी संस्थाहरुले संकलन गरी बजारसम्म पुर्याउने गरेको कुरा दुध उत्पादक सहकारी संघ गुलरिया बर्दियाले जनाएको छ ।
तपाईको प्रतिक्रिया