धनुषा, १४ चैत । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–३ मंगलपुरस्थित सडकमा ज.१ त ३४३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३२ वर्षीय विष्णु फुँयालको मृत्यु भएको छ ।
यसैगरी, मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा कुटीस्थित सडकमा प्र.२–०२–००२ प ४३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ सिरसिया बस्ने २१ वर्षीय विजय कुमार यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया