हर्षोल्लासका साथ चैती छठ सम्पन्न

समाचार

जनकपुरधाम, १४ चैत । आस्थाको महान पर्व चैती छठ उल्लासका साथ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ सम्पन्न भएको छ ।

श्रद्धालुहरु छठ घाटमा सोमबार साँझ र मंगलबार उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठ सम्पन्न भएको छ ।

जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनक देखिएको थियो । साझ झिलिमिलि वत्ती बालिएको थियो । कार्तिक महिनामा हुने छठ झैं चैती छठको विधि हुन्छ ।

चैत महिनामा मनाइने हुनाले यसलाई चैती छठ भनिन्छ । तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले पहाडी क्षेत्रमा पनि समेत मनाउने गरिन्छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठी आदि नामले मनाइन्छ ।

चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेषगरी निसन्तान हुने र छाला रोगीले छठ पूजा माथि बढी आस्था राखेको हुन्छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ