पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप

समाचार

विराटनगर, १४ चैत । कोशी प्रदेश नामाकरणको विरुद्धमा आन्दोलनरत् पहिचानवादी आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरलिे हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो ।

विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने मुख्यमन्त्री तथा मन्त्री र सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारीले प्रदेशको पुनः नामाङकन हुनुपर्ने माग राखेर दवाव दिन आएका थिए ।

विराटनगरमा झडपका कारण तनावग्रस्त बनेको छ । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ