आगलागीबाट ३ जनाको घर जले

समाचार

कपिलवस्तु, १० जेठ । बुद्धभूमी नगरपालिकामा आगलागी हुँदा तीन जनाको घर जलेर नष्ट भएको छ ।

बुद्धभूमि नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको थियो ।

आगलागी हुँदा उक्त आगो फैलिएर केवटसहित ३ जनाको घरमासमेत आगलागी हुँदा तीनै जनाको घर, लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ