नियन्त्रित लागूऔषधसहित पक्राउ

समाचार

मोरङ, १० जेठ । बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन–९ एम्पुलसहित तेह्रथुम आठराई गाउँपालिका–४ बस्ने १९ वर्षीय अनिश लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ