रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता भोलिदेखि हुँदै

समाचार

जनकपुरधाम, १४ जेठ । जनकपुरधामको रजौलमा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भोलि सोमबारदेखि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा सात वटै प्रदेशका टिम सहभागी हुने नेपाल क्रिकेट संघ मधेश प्रदेश समितिले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा हुन लागेको महेन्द्र नारायण निधि टी–२० क्रिकेट प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडी सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका टिम सहभागी हुने र प्रतियोगिता जेठ २६ गतेसम्म चल्ने जानकारी गराइएको छ ।

विजेता टिमलाई ३ लाख र उपविजेतालाई २ लाख नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ