विराटनगर, १४ जेठ । कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा प्रदर्शन हुँदा आन्दोलनकारी र प्र्रहरीबीच झडप भएको छ ।
आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले भीड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।
कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलन गर्दै आएको छ ।
आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेल्मेट प्रयोग गरेका थिए । प्रदर्शनको क्रममा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया