रेशमलाई आममाफी दिन सिफारिस

समाचार

काठमाडौं, १४ जेठ । टीकापुर घटनामा जन्मकैदको साजय भोगिरहेका पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफीका लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ ।

धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ