खोलामा डुबेर बालिकाको मृत्यु

समाचार

कपिलवस्तु, २३ जेठ । बुद्धभूमि नगरपालिका–८ बनकट्टी हरिहरपुर बस्ने देवदास भरकी छोरीको डुबेर मृत्यु भएको छ ।

१२ वर्षीया कल्पना भरको सोही नगरपालिका–४ गेलवारस्थित गुडरुङ खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित मामाघर आएकी उनी पौडी खेल्ने क्रममा डुबेर अशक्त भएको र जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ