आत्मनिर्भर बनाउने उद्देश्यका साथ योजना तर्जुमा गोष्ठी सप्पन्न

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया २३ जेठ । बर्दिया जिल्लालाई कृषि र पशुपन्छी क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहसँग योजना तर्जुमा, प्रगति समीक्षा गोष्ठी सप्पन्न भएको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले कार्यक्रमको आयोजना गरेको हो ।

बर्दिया जिल्ला भित्रका ८ वटै स्थानीय तहका कृषि र पशु सेवा शाखा प्रमुख, स्थानीय तहका आर्थिक विकास संयोजक, स्थानीय कृषि सहकारी संस्थाका प्रतिनिधि, स्थानीय कृषि र स्थानीय तहमा कार्यालयबाट खटिएका प्राबिधिक समेतलाई राखेर आगामी आर्थिक बर्षमा हाम्रो कार्यलयले बनाउने योजना र स्थानीय तहले बनाउने योजना के कस्ता छन् त्यसको बारेमा एक आपसमा छ्लफल गरि यदि कुनै मुख्य क्रियाकलापहरु छुटेको रहेछ भने त्यसलाई समावेश गर्ने र आउने दिनमा बर्दिया जिल्लालाई कृषि र पशुपन्छी बिकास क्षेत्रमा आत्मनिर्भर बनाउने उदेश्य राखेर यो गोष्ठी कार्यक्रमको आयोजना गरेको कुरा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले बताए ।

कृषि तर्फ मसिनो र बास्नादार धान, थारु आलु, मकै, मुङ, मास, बसन्ते मकै र हरियो तरकारीका साथै पशु तर्फ दुध, बाख्रा, बंगुर, माछा र कुखुरालाई सबै स्थानीय तहले प्राथमिकता दिएर उत्पादनमा जोड दिने र बर्दिया जिल्लाको प्राथमिकता प्राप्त बाली बस्तुका रूपमा स्वीकार गरि अगाडि बढ्ने निर्णय सबै स्थानीय तहका कृषि र पशु सेवा शाखाका प्रमुख र अन्य सहभागीहरुले गरेको र आर्थिक बर्ष २०८०/०८१ सालको कार्यक्रम समेत तर्जुमा गरेको कुरा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका सूचना अधिकृत सन्तोष पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ