प्रारम्भिक बाल विकास विषयमा जिल्लास्तरीय छलफल

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, २४ जेठ । स्वास्थ कार्यालय बर्दिया र जिल्ला समन्वय समिति बर्दियाको समन्वयमा प्रारम्भिक बाल बिकास कार्यक्रम विषयक जिल्लास्तरीय छलफल गोष्ठी सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले कार्यक्रमको आयोजनामा गरेको थियो ।

नेपालको संविधान धारा ३९ मा प्रारम्भिक बाल बिकास सम्बन्धि नीतिगत व्यवस्था भएको छ ।

सोही अनुरुप जिल्लाका सबै स्थानीय पालिकाले आ–आफ्नो पालिकामा प्रारम्भिक बाल विकास सम्बन्धि नीति बनाएर लागू गर्दा समाजमा बालबालिका सम्बन्धि राम्रो सन्देश जाने र बालमैत्री पालिका बाउन सके भविष्यमा देशलाई स्वस्थ्य र सक्षम युवा दिन सक्ने हुनाले जिल्लाका ८ वटै पालिकाका प्रमुख, उपप्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, पालिका भित्रका विभिन्न शाखाका प्रमुखहरुका साथै स्थानीय संघसंस्था र संचारकर्मीहरुलाई कार्यक्रममा सहभागी गराएर प्रारम्भिक बाल विकास कार्यक्रम विषयक जिल्लास्तरीय छ्लफल गोष्ठी गरेको कुरा थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले बताइन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाले बालबालिकाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको छ ।

जनप्रतिनिधिहरुले आर्थिक बर्ष २०८०÷०८१ को बजेटमा प्रारम्भिक बाल विकासका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सम्बोधन हुने गरि बजेट बिनियोज गर्ने र आ–आफ्नो पालिकालाई बालमैत्री पालिका बनाउने मौखिक प्रतिबद्धता कार्यक्रममा उपस्थित सबै पालिकाका प्रमुख र उप–प्रमुखहरुले गरेको कुरा प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय प्रमुख मिना पराजुलीले बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ