कपिलवस्तु, २४ जेठ । कृष्णनगर नगरपालिका–२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
दाङ राप्ती गाउँपालिका–३ बस्ने २२ वर्षीय राज कुमार पुन मगरलई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया