मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

समाचार

धनुषा, २६ जेठ । मिथिला नगरपालिका–१० धारापानी चौरीस्थित सडकमा शुक्रबार बिहान प्र.१–०२–००४६ प ८३३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजार बस्ने २४ वर्षीय रोनक साहको मृत्यु भएको छ ।

साइकललाई ठक्कर दिई भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको कुस्ठरोग अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका साइकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ