डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री

समाचार

विराटनगर, २ भाद्र । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

सुनसरीको धरान उप–महानगरपालिकाको विभिन्न राजनीतिक दलहरूले डेंगु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारलाई बुझाएको ध्यानाकर्षण बुझ्दै डेंगु नियन्त्रण रोकथामका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका हुन् ।

उनले रोग नियन्त्रणका लागि आवश्यक माग अनुसार स्वास्थ्य सामग्री तथा औषधि उपलब्ध गराइने भन्दै रोग नियन्त्रणका लागि स्थानीय समुदाय पनि सचेत हुनुपर्ने बताए ।

कोसी प्रदेशको बजेट पास नभएका कारण केही समस्या भएको भन्दै उनले डेंगु रोगीको उचित व्यवस्थापन तथा उनीहरूलाई राहत तथा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ