विराटनगर, २ भाद्र । प्रदेश प्रमुख परशुराम खापुङले भाषा आयोगले गरेको सिफारिसअनुसार कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउनमा सरकारले स्वीकार गरी पहल थाल्दा हुने बताएका छन् ।
मिथिला टाइम्स आउर बुधनगर समाजको आयोजनामा सङ्गम अभियान एवम् दयानन्द दिग्पाल विशेषाङ्क विषयक विचारगोष्ठीमा प्रदेश प्रमुखले यस्तो बताएका हुन् ।
त्यसैगरी स्व.दयानन्द दिग्पालको उचित सम्मान, चर्चा तथा स्मृतिग्रन्थ प्रकाशन गन गाउपालिका नै लाग्नुपर्ने बताए ।
कार्यक्रममा पूर्वमन्त्री जयराम यादव, जहदा गाउँपालिका अध्यक्ष जितेन्दप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, लेखक दिनेश श्रेष्ठ, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, मैथली सेवा समितिको सभापति ई.फूलकुमार देव, वरिष्ठ पत्रकार रामरिझन यादव, महर्षी मेही आश्रमका अध्यक्ष सदानन्द यादवले दयानन्द दिग्पालमाथि चर्चा तथा विमर्श गरेका थिए ।
कार्यक्रम जहदा १, बुधनगरमा भएको थियो ।
तपाईको प्रतिक्रिया