मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

पर्सा, ३ भाद्र । ठोरी गाउँपालिका–३ रामनगरस्थित सडकमा बा.८८ प ७४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका–२२ बस्ने ३५ वर्षीय दिपेन्द्र मुखिया बिनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्ज तराई अस्पताल हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का १ जना घाइतेको वीरगञ्ज तराई अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ