करेन्ट लागेर कैलालीमा दुई जनाको मृत्यु

समाचार

कैलाली, ३ भाद्र । जिल्लाको धनगढी उपमहानगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१२ सी गाउँ बस्ने ४५ वर्षीय यवराज शाहीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको शौचालयमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१४ डी गाउँ बस्ने पुष्पराज उपाध्यायको छोरा ७ वर्षीय बेद प्रसाद उपाध्यायको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छोईन गई करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ