नेपालगन्ज, ३ भाद्र । बोल्न नसक्ने युवतीलाई बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् ।
प्रहरीले बलात्कारको आरोपमा बर्दिया मधुवन नगरपालिका–१ बहादुरपुरबाट स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो ।
बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया