मोरङ, ५ भाद्र । पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सुनवर्षी नगरपालिका–५ रमनपुर बस्ने मुकेश कुमार दासको छोरा ३ वर्षीय निल कुमार दासको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
खाल्डोमा डुबेर अशक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया