आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

सर्लाही, ५ भाद्र । गोडैता नगरपालिका–८ बस्ने देव नारायण मिश्राको गोठ घरमा लामखुट्टे धपाउनको लागि बालेको आगो अचानक सल्किएर आगलागी भएको छ ।

मंगलबार बिहान आगलागी हुँदा अन्नपात, विद्युतको मोटर, १ वटा चौपाया समेत करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ