बाँके, ५ भाद्र । जिल्लाको कोहलपुर नगरपालिकाले गाई, भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
नगर कार्यपालिकाको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त भत्ता दिन लागिएको हो । सुत्केरी गाईभैसीलाई दुई हजार भत्ता दिइने बताइएको छ ।
उक्त कार्यका लागि नगरपालिका भित्र रहेका पशुपालक कृषकहरूले पालन गरेका पशु (गाई, भैँसी) को लगत लिन सूचना नै जारी गरेको छ ।
यसअघि समेत दिइने आएको पशुलाई सुत्केरी भत्ता कार्यक्रमलाई यसवर्ष समेत निरन्तरता दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
गाई भैँसीलाई सुत्केरी भत्ता दिँदा पनि किसानलाई थोरै राहत मिलेको बताउनु हुन्छ तर सुत्केरी भत्ता अझै बढाएर दिँदा कृषकहरूमा हौसला थपिने स्थानीय कृषक बलिराज जैसीको भनाई रहेको छ।
तपाईको प्रतिक्रिया