चिनियाँ राजदूतको गैरमर्यादित अभिव्यक्तिबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आपत्ति

समाचार

काठमाडौं, २० भाद्र । नेपालका लागि चीनका राजदूत छन् सोङले कुटनीतिक मर्यादा विपरित शनिवार नेपाल भारत व्यापार सम्बन्ध वारेमा दिएको अभिव्यक्तिबारेमा संसदीय समितिले परराष्ट्रमन्त्रीसंग छलफल गर्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्र मन्त्री एनपी साउदलाई छलफलका लागि बिहीवार बोलाएको छ । समितिमा राजदूत छन्को अभिब्यक्ति लगायतका अन्य महत्वपूर्ण विषय र एजेण्डामा छलफल गर्ने तयारी समितिको रहेको छ ।

समितिको बैठकमा नेपालमा रहेको विदेशी कुटनीतिज्ञहरुको आचारसंहिताका विषयमा समेत छलफल हुने एजेण्डा रहेको बताए । नेपालमा रहेका राजदूतहरुलाई आचारसंहिता कसरी पालना गराउने भन्ने विषय लगायतका एजेण्डामा पनि समितिमा छलफल हुने लागेको छ ।

नेपालका लागि चीनका राजदूत छन् सोङले शनिवार काठमाडौंमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका थिए । उनले कार्यक्रममा कूटनीतिक मर्यादा विपरीत नेपाल–भारतबीचको सम्बन्ध र व्यापारमा गैरकुटनीतिक टिप्पणी गरेका थिए।

नेपाली कूटनीतिज्ञहरूले नेपाल र भारतको सम्बन्धमाथि चिनियाँ राजदूतले गरेको टिप्पणी आपत्तिजनक भएको बताएका छन् । उनीहरुले छिमेकी देशसँगको सम्बन्ध नेपालको नितान्त आन्तरिक मामिला भएकाले चीनका राजदूतले खुलेर आलोचनात्मक टिप्पणीगर्नु गैरकुटनीति भएको बताएका हुन् । सरकार माथी उनी संग स्पष्टिकरण सोध्नु पर्ने आवाज उठेको छ ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा दीक्षितले भने, ‘चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उहाँले गर्नुभयो ।

यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस् भनेर भन्नुपर्छ ।’ यो उहाँले तत्कालै भन्नुपर्छ । परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होइन । यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काऊ भनेर हामीले भन्न सक्नुपर्छ ।’ दीक्षितले चिनियाँ राजदूतलाई फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई नै नेपालले पत्राचार गर्नुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी गर्दा सबै मित्रराष्ट्रहरूलाई पत्राचार गरेको भए राम्रो हुने धारणा राखे । स्रोतः नेपालीबोली डटकम

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ