काठमाडौं । विश्वका २० ठूला अर्थतन्त्र तथा औद्योगिक राष्ट्रहरूको समूह ‘जी २०’ को १८औं शिखर सम्मेलन आउदो शनिवार र आइतवार भारतको राजधानी नयाँ दिल्लीमा हुँदैछ ।
भारत ‘जी–२०’ समूहको अध्यक्ष देश हो। सन् २०२२ नोभेम्बरको १५–१६ मा इन्डोनेसियाको बालीमा भएको १७औं शिखर बैठकले भारतलाई समूहको अध्यक्ष बनाएको थियो । भारतले अध्यक्षता गरे पछि दिल्लीमा ‘जी २०’ १८औं शिखर सम्मेलन हुन लागेको हो ।
‘जी २०’ मा जर्मनी, अर्जेन्टिना, ब्राजिल, अमेरिका, क्यानडा, भारत, चीन, रुस, इन्डोनेसिया, इटाली, अस्ट्रेलिया, जापान, बेलायत, टर्की, मेक्सिको, साउदी अरेबिया, फ्रान्स, दक्षिण कोरिया, दक्षिण अफ्रिका र युरोपियन युनियन सदस्य छन् । यी देशका सरकार तथा राष्ट्रप्रमुखले बैठकमा भाग लिने छन ।
पर्यवेक्षकको रुपमा थप ९ देशलाई जी–२० शिखर सम्मेलनमा भारतले आमन्त्रण गरेको छ । बंगलादेश, यूएई, ओमान, नाइजेरिया, नेदरल्यान्ड, मौरिसस, इजिप्ट, सिंगापुर र स्पेन पर्यवेक्षकको रुपमा सम्मेलनमा सहभागी हुदै छन । जी–२० मुलुकले विश्वको ८० प्रतिशत जीपीडी, ७५ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार र ६० प्रतिशत जनसंख्या हिस्साको प्रतिनिधित्व गर्ने भएकाले यसलाइ अहिलेको विश्वकै सबै भन्दा वलियो फोरमको रुपमा लिईएको छ ।
सम्मेलनको तयारी स्वरुप भारत सरकारले भोली शुक्रवार देखि सोमवारसम्म (सेप्टेम्बर ८ देखि ११) राजधानी नयाँ दिल्लीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुरक्षा व्यवस्थाको सहजताका भारत सरकालले यो निर्णय गरेको छ ।
सम्मेलनका लागी दिल्लीमा सडकहरुका विशेष सरसफाइ र सजावट गरिएको छ । सडकपेटीमा १ लाखभन्दा बढी फूलका गमला राख्ने काम अन्तिम चरणमा पुुगेको छ ।
सम्मेलनका लागि दिल्लीको प्रगति मैदानमा भारत–मण्डप बनाइएको छ । गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको उद्घाटन गरेका थिए । जी–२० को सम्मेलनलाई लक्षित गरेर २ हजार ७ सय करोडको लागतमा उक्त मण्डप अर्थात् विभिन्न अत्याधुनिक सुविधाहरू सहितको सभाहलको निर्माण भएको हो । त्यही सभाहलमा जी–२० का नेताहरूको ‘शेर्पा’ बैठक हुनेछ ।
यो स्तरको सम्मेलन भारतले पहिलो पटक गर्न लागेको हो । विश्वकै सबै शक्तिशाली देशका प्रमुखहरूको जमघट दिल्लीमा हुने भएपछि त्यसको भारत सरकारले विशेष तयारी गरेको हो ।
सम्मेलनका क्रममा विभिन्न प्रकारका १ सय ८५ वटा बैठक हुनेछन् । तीमध्ये १३ वटा मन्त्रीस्तरीय बैठक हुनेछन् ।
दक्षिण एसियामै पहिलोपटक भारतमा हुन लागेको यो स्तरको सम्मेलनको नारा ‘वसुधैव कुटुम्बकम्ः एक धर्ती, एक परिवार, एक भविष्य’ तय गरिएको छ ।
यस पटकको सम्मेलनमा वातावरण, व्यापार र अर्थतन्त्र मुख्य एजेन्डा हुने भएका छन् । हरित विकास, जलवायु वित्त, पर्यावरण तथा जलवायु परिवर्तनसम्बन्धी युरोपेली संघको कार्यक्रम, छिटो र समावेशी विकास, स्थायी विकासका लक्ष्यहरूमा प्रगति, प्राविधिक परिवर्तन, बहुपक्षीय संस्था तथा महिलाको नेतृत्वमा विकासलगायत विषयमा बैठकमा छलफल हुने भएको छ । नेपालीबोली डटकमबाट साभार
तपाईको प्रतिक्रिया