ब्राउनसुगरसहित युवक पक्राउ

समाचार

रूपन्देही, २३ भाद्र । जिल्लाको देवदह नगरपालिका–१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशिल पुनलाई ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ