सप्तरी, १ असोज । राजविराजमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
राजबिराज नगरपालिका–९ मलेठस्थित आफ्नै नाना श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरी कोशी गाउँपालिका–५ दुधगत बस्ने बिन्देश्वर यादवको छोरा ८ वर्षीय आशिष कुमार यादवको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
नानाको घर नजिकै रहेको पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया