कपडा पसलमा आगलागी हुँदा एक करोडको धनमाल जलेर नष्ट

समाचार

सिरहा, ५ असोज । बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर चोकस्थित सोही गाउँपालिका–५ लक्ष्मीपुर बस्ने चन्देश्वर महतोको कपडा पसलमा करेन्ट सर्ट भई आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

बिहीबार राति अचानक आगलागी हुँदा विभिन्न किसिमका कपडाहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलगी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ