जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको हो ।

आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ