रामएकवाल राम, काठमाडौ । शिव कुमार महतोको नेतृत्वमा मधेशी एकता समाज कतार गठन भएको छ ।
त्यस्तै उपाध्यक्षमा संजीव नायक, अर्का उपाध्यक्षमा अजित ठाकुर, महासचिव चन्द्रविर यादव, सचिव जयप्रकाश यादव, कोषध्यक्ष गौतम शर्मा, सह सचिव रबिन्द्र उदास माली, मिडिया कोर्डिनेटर रामएकवाल रामलाई चयन गरेका हुन् ।
युएई सरकारबाट गोल्डेन भिसा पाएका पहिलो नेपाली तथा वरिष्ठ डाक्टर रविन्द्र कुमार यादव, यु ए ई मा भू उपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुर अस्ट्रेलियामा कार्यरत इन्जिनियर रमेश सिंह, इंगलैंडमा कार्यरत प्रसिद्ध चित्रकार गोविन्द साह अजाद, नेपालमा सामाजिक क्षेत्रमा कार्यरत डाक्टर बब्बी सिंहको प्रयासले युएईबाट.२०२१ सालमा शुरु भएको संस्था कतारमा शिव कुमार महतोको नेतृत्वमा चयन गरि मधेशी एकता समाज, कतारको प्रथम बैठक तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सनैयास्थित लालिगुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रम संस्थाको संस्थापक संयोजक डाक्टर रविन्द्र कुमार यादवको विशेष आतिथ्य, संजीव नायकको सभापतित्व तथा समाजसेवी गोबिन्द झा, सरयुग यादव, अभय ठाकुर, मनिष यादव, जमिर नदाफ, अजित ठाकुर लगायत कतारमा स्थापित विभिन्न जातीय, जिल्ला तथा प्रदेशका संघ संस्थाका प्रमुख एव प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकाहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर यादवले मधेशी एकता समाज, संसारभरि फैलिएको मधेशी प्रवासीहरुमा विभिन्न जाती, धर्म, भाषा, राजनैतिक विचारको बावजुद साझा मधेश हितको लागि एकताको बन्धनमा बाँधिएर मधेशको सांकृतिक पहिचान जोगाउन, मधेशमा रहेको कुरीति अन्धविश्वास विरुद्ध लड्न, मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन, श्रमिकलाई शीपमूलक तालिम दिई विप्रेषणको गुन्वात्तामा सुधार जस्ता कार्यमा प्रयास गरि मधेशमा सकारात्मक परिवर्तनको प्रयासरत भएको बताए.।
यसको अलावा श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्ताको बेला सहयोग गर्ने, मधेश आन्दोलनको शहीद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने जस्ता कार्यमा पनि क्रियाशील रहेको बताए ।
विधिवत रुपमा सुरु भएको कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले अङ्ग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना अदान प्रदान गरेका थिए । चन्द्रविर यादवको सहजीकरणम कार्यक्रम भएको थियो ।
तपाईको प्रतिक्रिया