महोत्तरी । मटिहानी नगरपालिका वड़ा नं.–८ द्वारा बालबिबाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला ब्यक्तिहरुको समिति गठन एवं परिचालन गरी आज जनचेतनामूलक र्याली निकालिएको छ ।
उक्त जनचेतना मूलक रयालीको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका थिए ।
त्यसै क्रममा बोल्दै प्रमुख मंडलले वडा नं.–८ द्वारा गठन गरिएको बालबिबाह न्यूनीकरणका लागि सम्पन्न तथा बोलबाला ब्यक्तिहरुको समितिले बालबिबाह न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
निकालिएको बालबिबाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक रयाली मटिहानीको विभिन्न भागको परिक्रमा गरेको थियो ।
उक्त कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं.–८ का कार्यवाहक वड़ा अध्यक्ष अताबुल लहेरी, कार्यपालिका सदस्यहरु, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय साह, बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी, उमाशंकर साह, जुगेश्वर खतवे, वड़ा नं.–८ का वड़ा सचिव जिबेन्द्र कर्ण, नगरपालिकाका कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, बिद्यार्थीहरु लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया