कठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले राष्ट्रिय संयुक्त संघर्ष समितिको सामूहिक सत्याग्रहबारे जानकारी लिएका छन् ।
विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा राष्ट्रिय संयुक्त समितिले बैशाख २४ गतेदेखि सामूहिक सत्याग्रह (आमरण अनसन) गर्दै आएको छ ।
स्रत्याग्रहीहरुको देश र नागरिक हितमा रहेका जायज मागहरुप्रति सरकारलाई गम्भीर हुन डा.अहिराजले आग्रह गरेका छन् ।
सत्याग्रहको १०औं दिन बुधबार पूर्वप्रदेश प्रमुख डा. अहिराजले सत्याग्रहीलाई राष्ट्रिय झन्डा उपहार दिँदै, पुष्प गुच्छा अर्पित गरेका थिए । साथै उनले कार्यक्रम सफलताको कामनासमेत गरेका हुन् ।
‘स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारासहित बैशाख २४ गतेदेखि सुरु भएको सत्याग्रह माग सम्बोधन नभएसम्म जारी रहने संघर्ष समितिको अडान छ ।
तपाईको प्रतिक्रिया