काठमाडौं । पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वको राष्टिय मुक्ति क्रान्तिले देशभरका आफना समर्थक नेता तथा कार्यकर्ताहरुको काठमाडौमा भेला गर्न लागेको छ ।
सघीय राजधानी काठमाडौंसहित देशका विभिन्न मुख्य शहरहरुमा विशाल जनप्रदर्शन गरिसकेको राष्ट्रिय मुक्ति क्रान्तिले आगामी रणनीतिबारे छलफल गर्न बिहीबारदेखि काठमाडौमा तीन दिवसीय भेल ागर्न लागेको हो ।
भोलि बिहीबारदेखि काठमाडौंस्थित कृष्णभोग पार्टी प्यालेसमा देशभरका अगुवा नेता तथा कार्यकर्तासँग छलफल गर्न लागिएको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताए ।
नेता मेहताका अनुसार तीन दिनसम्म चल्ने छलफलमा बहुलराष्ट्रिय राज्य स्थापनार्थ कसरी अगाडि बढ्ने, राज्यसत्तालाई घुँडा टेकाउने, सबै राष्ट्रियताको पहिचान स्थापित हुने विषयमा गहन र ठोस कार्यनीति तयार हुनेछ ।
तपाईको प्रतिक्रिया